अाजकाे राशिफल : वि.सं. २०७५ साल असोज १५ गते


१५ आश्विन २०७५, सोमबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल असोज १५ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, २६:३४ बजेउप्रान्त अष्टमी। नक्षत्र– मृगशिरा, २४:२८ बजेउप्रान्त आर्द्रा। योग– व्यतीपात, १८:२३ बजेउप्रान्त वरियान्। करण– भद्रा, १५:३४ बजेदेखि वव, २६:३४ बजेउप्रान्त वालव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– वृष, १३:०५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ५:५७ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २९ घडी ४० पला। सप्तमी श्राद्ध।

मेष  

मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।  बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष  
मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन  
परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट  
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह  
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला  
कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक  
मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु  
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर  
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ  
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन  
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

असोज १२ देखि १८ गतेसम्मको राशिफल

मेष

ओहदाअनुरूप कार्यदक्षता देखाउन नसके उपल्लो दर्जाको मूल्यांकनमा छुटिने सम्भावना छ । प्रेमिकाले आफ्ना साथीहरूको काम फत्ते गर्न सहयोग माग्नेछिन् । सामाजिक कार्यक्रममा समय खर्चिनुपर्ने स्थिति आइलाग्न सक्छ । कुनै पनि काम जिम्मेवारीपूर्वक सम्पन्न गर्नुमै आफ्नो भलो छ ।

वृष

योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमा वचन पूरा नगर्दा आर्थिक समस्या आइलाग्न सक्छ । भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च हुनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न बाधा खडा गर्नेछ । पूण्य आर्जनमा संलग्न हुने योग छ ।

मिथुन

कुरा काटनेहरू तपाईंको कमजोरी पहिल्याउन सक्रिय छन् । षड्यन्त्रको घेरामा पार्न खोज्नेहरूको समेत कमी छैन । यी सबैलाई स्वाभिमानले परास्त गर्न सकिनेछ । मित्रताको विश्वासमा पुनस् तुषारापात हुन सक्छ । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । सुन्तला रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहज बनाउनेछ ।

कर्कट

जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । अरूको मन सजिलै जित्न सकिनेछ । गुलिया वस्तु कम सेवन गर्नुमै भेला छ । काममा अपेक्षाकृत लाभ हासिल भै दिगो लगानीको ढोकासमेत खोलिनेछ । सोमबारपछिको समय बढी प्रेरणादायक हुनेछ ।

सिंह

शनिको प्रभावले व्यवसायमा उतारचढाव सिर्जना गर्न सक्छ । सूर्यको आराधना गर्न सके केही सहजता महसुस होला । विदेश यात्राको अवसर प्राप्त हुन सक्छ । विद्यार्थीवर्गले अध्ययनमा विशेष मेहनत गर्नुपर्नेछ । साताको अन्त्यमा साथीहरूको सुझावअनुरूप अघि बढ्नुहोला । खर्चको मात्रा वृद्धि हुने योग छ ।

कन्या

लगनशीलताले विविध अवसर जुटाउनेछ । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । रसपान तथा वादविवादमा टाढा रहनु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा यात्राको अवसर जुट्न सक्छ । पुराना मित्रहरूसँगको भेटले मनोरञ्जन प्रदान गर्नेछ ।

तुला

रोकिएका कार्यमा पुनस् प्रयत्न गर्दा सफलता हात लाग्नेछ । विपक्षीले स–साना त्रुटि औल्याउन सक्छन् । बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिएला । आफ्नो खानपान तथा पहिरनबाटै अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यतिर बढ्दो खर्चले पिरोल्नेछ ।

वृश्चिक

आफन्तलाई वचन दिँदा विशेष ध्यान पुर्‍याउनुहोला । सफलता हासिल गर्न प्रयत्न दोहोर्‍याउनुपर्नेछ । धनको जोहो गर्न विशेष ध्यान पुर्‍याउनुपर्नेछ । सामाजिक क्षेत्रमा गरिएका कार्यमार्फत विपक्षीको षड्यन्त्रलाई निस्तेज पार्न सकिनेछ । भोजन तथा दैनिक जीवनचर्यामा सावधानी अपनाउनुहोला ।

धनु

हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्ना सरसामान जोगाउने चेष्टा गर्नुहोला । सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्ला । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ ।

मकर

शारीरिक सौन्दर्य वृद्धिमा मन जानेछ । खर्च वृद्धिको योग छ । मित्रहरूको आलोचनालाई सकारात्मक रूपमा लिन सके उचाइमा पुग्न सकिनेछ । मंगलबार तथा गुरुबार महत्वपूर्ण कार्य सम्पन्न होलान् । खानपान एवं दैनिक जीवनचर्याले स्वास्थ्यमा उथलपुथल निम्त्याउन सक्छ ।

कुम्भ

तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ । स्वरोजगार हुँदा हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो हित छ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभुति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसर समेत फेला पर्नेछन् ।

मीन

सभा–समारोहमा नेतृत्वदायी भूमिकाका साथ सहभागी हुने अवसर प्राप्त हुनेछ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । फजुल खर्चबाट जोगिनुहोला । प्रेमिकासँगको मनमुटावका क्रममा अनावश्यक वादविवादसमेत हुनेछ । काममा बेवास्ता गर्दा विभिन्न अड्चन आइलाग्न सक्छ ।

असाेज महिनाकाे राशिफल

मेष  

भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। दोस्रो सातासम्म स्थिति अलि प्रतिकूल रहनेछ। साझेदारीमा समस्या आउनेछ भने सगोलको सम्पत्तिमा विवाद आउन सक्छ।

नोकरी तथा व्यावसायिक काममा केही चुनौती भने देखापर्न सक्छन्। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। तेस्रो सातादेखि आर्थिक पक्षमा विशेष उन्नति हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ।

पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। बीचमा काम रोकिने र अध्ययनमा बाधा हुने देखिन्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृष  

कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्। बिनाकारण आफन्तजन टाढिन सक्छन्। आमा, भूमि, घर र गाईको विषयले केही चिन्ता बढाउन सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ।

साथीभाइ र बन्धुबान्धवको सहयोग लिने चेष्टा गर्नुहोला। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुन सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने समय भएकाले सजग रहनुहोला। एकसाथ अनेक काम सुरु भए पनि परिवारिक असमझदारीले अप्ठ्यारोमा पुर्याउन सक्छ।

कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति पुर्याउन सक्छ। अध्ययनमा भने सामान्य प्रगति हुनेछ।

मिथुन 

महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ।

झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। स्वास्थ्यमा चोटपटकको सम्भावना देखिएकाले हतियार र सवारी उपयोग गर्दा सावधान रहनुहोला।

कर्कट  

महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बनाउन सकिनेछ।

तापनि प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेममा खटपटी देखापर्नेछ भने गृहस्थी केही अशान्त रहनेछ। समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ।

व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।

सिंह  

राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। परिवारजनमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ।

स्वास्थ्य कमजोर रहे पनि प्रतिस्पर्धामा फाइदा उठाउन सकिनेछ। तापनि काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्।

कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। प्रतिस्पर्धीहरूका माध्यमबाट बढी लाभ हुनेछ। अध्ययनमा समय दिन नसक्नाले पछि परिने सम्भावना छ।

कन्या  

खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

अध्ययन र व्यवसायमा अलि बाधा हुनेछ। प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्।

तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। चुनौती देखिए पनि महिनाभरको आयस्रोत भने बलियै रहनेछ।

तुला  

विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्।

प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। भोगविलासका सामानहरू समेत प्राप्त हुनेछन्। दोस्रो सातादेखि पहिलेको व्यवहारले आम्दानी बढाउनेछ।

विशिष्ट व्यक्तिहरूसँग नियमित भेटघाट हुनुका साथै प्रतिष्ठित कार्य गर्ने वातावरण तयार हुनेछ। परिवारमा भने केही असमझदारी बढ्नेछ।

बृश्चिक  

विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्गे लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । मनग्गे अर्थ उपार्जन गर्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी मनग्गे फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ।

खर्च लागे पनि विशेष काम वा व्यवसायको जग बसाउने समय छ। बिग्रिएको सम्बन्ध पुन:स्थापित हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउनेछ।

धनु  

सरोकार नभएका विषयमा रुचि राख्नाले अनावश्यक दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ।

बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ ।

नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। देशविदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। मेहनत गर्दा आम्दानीका विविध स्रोत फेला पार्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकको सहयोगले विशेष कामहरू बन्नेछन्। साझेदारीका विषयमा भने वादविवाद हुन सक्छ ।

मकर  

काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ।

केही जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

परिस्थितिलार्इ पछ्याउन नसक्दा महत्वपूर्ण वस्तु गुम्न सक्छ। तापनि जुझारु कार्यशैलीले केही काम सम्पादन हुनेछन्। बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ।

कुम्भ  

अरूको भरपर्दा काम रोकिन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले पनि काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई समेत केही पीडा हुने ग्रहयोग छ।

सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन्। आस मारेको काम बन्नाले केही उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ।

मीन  

अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयकाे सदुपयोग गर्न नसकिएला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७