‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत एनसेलको नगद पुरस्कार वितरण


९ कार्तिक २०७५, शुक्रबार
IMG 4958 bTBOBt1ZuP 1

काठमाडौ,९ कात्तिक। एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो ।

भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेताहरु क्रमशः असोज २३, असोज ३० र कार्तिक ६ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

एनसेलले बिहीबार ९कार्तिक ८ गते० राजधानीमा एक कार्यक्रमको आयोजना गरी पाँचौ, छैठौं र सातौं हप्ताका भाग्यशाली विजेताहरु मध्येका आठ जनालाई जनही नगद एक लाख पुरस्कार प्रदान गरेको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रारले विजयीहरुलाई पनि जनही एक लाख पुरस्कार हस्तान्तरण गरेका थिए ।

‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख नगद पुरस्कार पाउँछन् ।

नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ । यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७