पुरुष बन्न ३ वर्ष ट्रेनिङ लिएँ : करण


१३ मंसिर २०७५, बिहीबार
karan johar

काठमाडौं, १३ मंसिर । बलिउड फिल्मका चर्चित निर्देशक तथा निर्माता करण जोहरले एक इभेन्टको क्रममा आफ्नो जिन्दगीसँग जोडिएका कयौं महत्वपूर्ण खुलासा गरेका छन् ।

karan johar

इभेन्टमा उनले भने, ‘बाल्यकालमा मेरो निकै मजाक उडाउँथे, सबै भन्थे कि म युवती हुँ र त्यसरी नै रुन्छु ।’ पुरुष बन्नका लागि आफूले ३ वर्ष ट्रेनिङ लिएको उनी निर्धक्क बताउँछन् । उनी पितासँग झुट बोलेर ट्रेनिङ लिन जाने गर्थे ।

करणको जिन्दगीमा एक समय यस्तो थियो, जब आवाजको कारण उनलाई मानिसहरु गाली पनि गर्दथे । उनी भन्छन्, ‘स्पीच थेरेपिस्ट कहाँ गएर मैले भने कि मेरो आवाज बदलिदिनुस् ।’ यसका लागि उनले ३ वर्ष ट्रेनिङ लिए ।

’त्यो समय मेरो लागि निकै खराब थियो । म ट्रेनिङ लिनका लागि पितासँग झुट बोल्थें । उहाँलाई भन्थें कि म ट्यूसन पढ्न जान्छु । किनकी, उहाँलाई यो भन्न सक्दिन थिएँ कि म पुरुष बन्न जाँदैछु’, उनले भने । घरमा कसैले आफूलाई गलत व्यबहार नगरे पनि घरबाट बाहिर गएपछि बिल्डिङका बच्चा र स्कूलमा सिनियर्स आफ्नो मजाक उडाउने गरेको उनले बताए ।

करण थप्छन्, ‘स्कूलमा मजाक उडाएपछि मैले स्पोर्ट्समा भाग लिन बन्द गरें । म जब हिँडेथें र दौडन्थें तब साथीहरु मेरो मजाक बनाउँथे । मेरो हात खुट्टा अन्य केटाहरु जस्तो थिएन ।

म जहिले पनि बोल्थें तब मानिसहरु मेरो आवाज सुनेर हाँस्थे । यसको बावजूद मेरो पेरेन्ट्सको व्यबहार भने निकै कूल थियो । उहाँहरुलाई कहिल्यै लागेन कि म अजिब गरिरहेको छु ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७