घुन्सामा स्वास्थ्य चौकी बनाउन अमेरिकाबाट १० लाख सहयोग


१ चैत्र २०७५, शुक्रबार
angjum

काठमाडौं, १ चैत । नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरले स्वास्थ्य चौकीको भवन निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

angjum


अमेरिकास्थित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिती नर्द क्यालिफोर्नियाले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको लेलेप घुन्सामा निर्माणधीन स्वास्थ्य चौकीको भवन निर्माणका लागि १० लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सुदुर पूर्वको विकट जिल्लाको विकट ठाउँको रुपमा चिनिएको घुन्साका नागरिकमा स्वास्थ्य पहुँच पु¥याउने उद्देश्यले संकलित १० लाख रुपैंयाँ शुक्रबार ताप्लेजुङ समाज नेपाल कार्यलयमा एक कार्यक्रम गरी हस्तान्तरण गरे ।

anggum


च्याप्टरका सभापति पूर्ण शेर्पाको नेतृत्वमा संकलित रकम घुन्सा फाउण्डेसनका अध्यक्ष तथा सामाजिक अभियान्ता याङजोङ शेर्पालाई हस्तान्तरण गरियो । स्वास्थ्य चौकी घुन्सा फाउण्डेशनको अगुवाइमा निर्माण भइरहेको भइरहेको छ ।

वक्ताहरुले अमेरिकामा बसेर ग्रामीण क्षेत्रको नागरिकको स्वास्थ्यको चासो राख्ने काम सराहनीय रहेको बताउँदै स्वास्थ्य चौकी निर्माणपछि घुन्सा लेलेपका सर्वसाधरणले सामान्य उपचारका लागि ठूलो खर्च गरी अन्यत्र जानुपर्ने वाध्यता हट्ने बताए ।

यस्तै क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा र घुन्सा फाउण्डेसनका अध्यक्ष याङजोङ शेर्पाबीच यस्ता संस्थागत हितका कार्यलाई सदैव निरन्तरता दिने समेत प्रतिवद्धता भएको छ ।

स्वास्थ्य चौकी लागि यसअघि इमेराल्ड गुरुप हस्पिटेक इन्टरप्राइजेजका विशाल पडिण्तले आवश्यक १३ लाख बराबरको मेडिकल सामाग्री र तनहुँको माननीय किसान श्रेष्ठको सिमरास्थित क्लासिक म्याट्रेस फक्याट्रीबाट आवश्यक मेट्रेस सहयोग गरेको अध्यक्ष शेर्पाले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७