डेढ किलो सुन र एक करोड ४३ लाखसहित काठमाडौंबाट सात जना पक्राउ


१४ बैशाख २०८१, शुक्रबार
gold 2

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ । त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित काठमाडौंको इन्द्रचोकबाट सात जनालाई पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दियो । प्रहरीले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७