प्रमुख प्रशासकीय अधिकृतसहित ११ अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)


१३ बैशाख २०८१, बिहीबार
sanghiya

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित ११ अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

बाँकेको डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीलाई राप्तीसोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत तेजिन्द्र गौतमलाई बर्जु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।

यस्तै बैजनाथ गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादवलाई गृह मन्त्रालय, जाजरकोटको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत प्रसन्नदीप राईलाई थुलुङ दुधकोशी गाँउपालीका सोलुखुम्बुको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ ।

त्यस्तै तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढा थापालाई जिल्ला समन्वय समिति जुम्ला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा कार्यरत शाखा अधिकृत विनोद कुमार भण्डारीलाई जहदा गाउँपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृत, पचरौता नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर कुमार सिंहलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति प्युठानमा कार्यरत हरिप्रसाद पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत मेघनाथ सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७