ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त


६ चैत्र २०७५, बुधबार
pramod yadab e1552993882602

काठमाडौं, ६ चैत । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा. प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ ।

pramod yadab e1552993882602

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ । न्याम्सको उपकुलपति पदमा प्राडा डिएन साह फागुन ३० गते नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७