नेपाल टेलिकमको 4G सेवाको ठेक्कामा २० अर्ब भन्दा बढी घोटाला
काठमाडौं, २ फागुृन । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले पद जोगाउनका लागि फोरजीको ठेक्का हुवावेलाई दिनेगरी राता–रात टेण्डरको मूल्यांकन गरिरहेकी छिन् ।
३२ अर्ब रुपैयाँमा हुवावेलाई नै ठेक्का दिनेगरी रातदिन मूल्यांकनको काम उनले गराइरहेकी छिन् । स्वच्छ प्रतिस्पर्धा गराउँदा ५ अर्बमा हुने काम ३२ अर्बमा ठेक्का दिएर अरबौं रुपैयाँ घुस खाने योजनामा कामिनी राजभण्डारी र संचार मन्त्री मोहनबहादुर बस्नेतको सेटिङ मिलिसकेको छ । यसरी बढीमा पाँंच अर्बमा सम्पन्न हुने फोर जी नेटवर्क विस्तारका लागि ३२ अर्ब खर्च गरेर टेलिकमलाई धराशायी बनाउन राजभण्डारी लागेकी छिन् ।
३२ अर्ब रुपैयाँमा हुवावेलाई नै ठेक्का दिनेगरी रातदिन मूल्यांकनको काम उनले गराइरहेकी छिन् । स्वच्छ प्रतिस्पर्धा गराउँदा ५ अर्बमा हुने काम ३२ अर्बमा ठेक्का दिएर अरबौं रुपैयाँ घुस खाने योजनामा कामिनी राजभण्डारी र संचार मन्त्री मोहनबहादुर बस्नेतको सेटिङ मिलिसकेको छ ।
सूचना तथा संचार मन्त्री बस्नेतले प्रबन्ध निर्देशक राजभण्डारीलाई हटाएर अनिलकुमार झालाई ल्याउने हल्ला चलाएर कामिनीलाई तर्साउनुसम्म तर्साए । तर हुवावेले कामिनीमार्फत् नै पोखरा र काठमाडौं बाहेकका बाँकी सबै जिल्लामा फोरजीको ठेक्का लिने योजना अन्तर्गत बीचौलियाको रुपमा मन्त्रीलाई मिलाउने काम गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार हुवावेले मन्त्री बस्नेतलाई पर्याप्त घुस दिएर कामिनीलाई नहटाउने र ठेक्का अर्को सरकार नबन्दै टुंगो लगाउने गरी सेटिङ मिलाइसकेको छ । यो सरकार छउन्जेल नहटाउनका लागि हुवावेले अख्तियार प्रमुख दीप बस्नेत र आरजुमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मिलाइसकेको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनीले मन्त्री बस्नेतलाई हुवावेमार्फत् मिलाएर पद जोगाइसकेपछि ३२ अर्बको ठेक्का अर्को सरकार गठन नहुँदै टुंगो लगाउन कस्सिएकी छिन् । अब पोखरा र काठमाडौं बाहेक देशभरको लागि हुवावेलाई नै ठेक्का दिने योजना अनुसार टेण्डर खोली मूल्यांकनको अन्तिम चरणमा छ ।
दुई समूहमा गठित मूल्यांकन समितिको एउटा समूहमा प्रदीप ठाकुर, प्रेम गुरुङ, अमूल प्रधान, सञ्जय शाक्य, निरज राजवंशी, मुनिष आचार्य, सरोज लाल, निमिष पाण्डे, प्रतिभा कार्की, किरण महर्जन, सुमिता थापा, मुकेश श्रेष्ठ, सुबिन श्रेष्ठ र अनुप रेग्मी रहेका छन् ।
यसैगरी अर्को समूहमा नरेशकाजी शाक्य, राजेन्द्र श्रेष्ठ, देवेन्द्र खतिवडा, अनन्त मल्लिक, राजेन्द्र महर्जन, चिन्मयानन्द, प्रेम क्षेत्री, शेरबहादुर श्रेष्ठ, सुजन श्रेष्ठ, शिवराम तुइतुई, मीनु प्रधान, गंगासागर मतिन्छे, शोभन अधिकारी, मिलन श्रेष्ठ, निर्जल श्रेष्ठ, परमात्मा भट्टराई, सुसन श्रेष्ठ, सुनील कर्ण, नरेन्द्र चेमू श्रेष्ठ, हरि पौडेल, कृष्ण फेलू, किरण महर्जन, कबिन श्रेष्ठ, र सुरेन्द्र कर्माचार्य रहेका छन् ।
यी दुवै समूहको प्रमुखमा एउटाको प्रमुखमा सिद्धप्रताप भारती रहेका छन् भने अर्को समूहका प्रमुख प्रदीप उपाध्याय रहेका छन् । टेण्डर मूल्यांकन कमिटीका दुवै समूहमा रहेकामध्ये प्रदीप ठाकुर बाहेक अरु सबै ५ अर्बमा हुने फोरजीको काम ३२ अर्बमा दिएर राष्ट्रविरुद्ध आर्थिक अपराध गर्ने पक्षमा नरहेको बताइन्छ ।
एक दुई दिनमै टेण्डर मूल्यांकनको काम सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले पनि जानकारी दिइन् । उनले भनिन्, छिटोभन्दा छिटो फोरजीको टेण्डरको मूल्यांकनको काम सकेर ठेक्का दिने तयारीमा छौं ।
एनसेलले ४ अर्बमा देशभर फोरजी सेवा विस्तार गरेको छ । तर टेलिकम ३२ अर्ब रुपैयाँमा हुवावेलाई टेण्डर दिने योजनामा छ । त्यही हुवावेले ५ अर्बमा देशभर फोरजी सेवा संचालन गर्ने प्रस्ताव यसअघि टेलिकममा प्रस्तुत गरेको थियो । तर अहिले त्यो प्रस्ताव गायब पारी ३२ अर्बभन्दा बढी रकममा ठेक्का दिन लागिएको छ ।
संचार मन्त्री मोहन बस्नेत र कामिनी राजभण्डारीको समूहले गर्न लागेको २० अर्ब घोटाला रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई टेलिकमका कर्मचारीले गुहारेका छन् ।
यसमा सोझै २० अर्ब घोटाला हुन लागेको छ, टेलिकमको उच्च स्रोतले भन्यो, संचार मन्त्री मोहन बस्नेत र कामिनी राजभण्डारीको समूहले गर्न लागेको २० अर्ब घोटाला रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई टेलिकमका कर्मचारीले गुहारेका छन् । अघिल्लो पटक हुवावेलाई विनाटेण्डर काठमाडौं र पोखरामा फोरजी सेवाको ठेक्का दिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको छ । अख्तियारलाई समेत मिलाउने जिम्मा संचारमन्त्री मोहन बस्नेतले लिएका छन् ।
मन्त्री बस्नेत पहिला अख्तियार प्रमुख(माघ २९ मा अवकाश)को घरमा डेरा बसेकाले उनको सम्बन्ध हार्दिक रहेको छ । मन्त्री बस्नेतले त्यही सम्बन्धका आधारमा अख्तियारको छानबिन रोक्नेदेखि हुवावेलाई ठेक्का दिलाउनेगरी मिलाउन सफल भएका छन् । दीप बस्नेत माघ २९ मा बिदा हुनुअघि नै हुवावेलाई फोरजीको ठेक्का दिने गरी काम सक्न कामिनी राजभण्डारी लाग्दैआएकी थिइन् । तर सो संभव नभए पनि बुधबार (आज) टुंगो लगाउन लागिएको छ ।
हरेक दिन राति १२ बजेसम्म टेण्डर मूल्यांकन कमिटीलाई काम गरेर टुंगो लगाउन राजभण्डारीले निर्देशन दिएकी छिन् । मन्त्री बस्नेत कामिनीलाई कुनै हालतमा हटाएर छाड्ने खेलमा थिए, त्यसका लागि अनिल झासँग उनले धेरै चरणमा कुरा पनि गरेका थिए तर हुवावेले उनलाई ठूलो रकम घुस दिएर कामिनीको थमौती गर्न सफल भएको छ ।
दीप बस्नेतको अख्तियारबाट बहिर्गमनसँगै कामिनीले टेलिकममा फोरजी सेवामा गर्न लागेको अरबौं रुपैयाँको चलखेललाई अख्तियारले सतर्कतापूर्वक नजिकबाट अध्ययन गरिरहेको छ ।
दीप बस्नेतको अख्तियारबाट बहिर्गमनसँगै कामिनीले टेलिकममा फोरजी सेवामा गर्न लागेको अरबौं रुपैयाँको चलखेललाई अख्तियारले सतर्कतापूर्वक नजिकबाट अध्ययन गरिरहेको छ । र, ५ अर्बमा हुने फोरजी सेवाको ठेक्का ३२ अर्ब रुपैयाँमा दिएर २० अर्ब भन्दा बढी नीतिगत भ्रष्टाचार गरेकोमा छानबिन गरी मुद्दा नै चलाउन सक्ने संभावना छ । ५ अर्बमा हुने काम ३२ अर्बमा ठेक्का दिएको बिषयमा अब बन्दै गरेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेको छ । यस्तो अपारदर्शी रुपमा अरबौंको भ्रष्टाचारमा संलग्न कामिनीलाई ओली सरकारले बर्खास्त गर्ने तहसम्म पुग्ने बताइएको छ ।
स्रोतका अनुसार सो टेन्डरमा नोकिया नेटवर्क, जेडटीई, अल्काटेल, माभिनियर, सिटियसजस्ता प्रतिष्ठित कम्पनीहरुले प्रतिस्पर्धा गर्न खोजे पनि लागत अनुमान अर्थात् करिब ३२ अर्बमै सो कार्य हुवावेलाई दिने चाँंजोपाँंजो राजभण्डारीले मिलाइरहेकी छन् । उनी एउटा गोष्ठीको बहानामा केही दिनअघि दिल्लीमा गएर हुवावेसँग सबै सेटिङ मिलाएर फर्किसकेकी छिन् ।