ओली सरकारमा थपिएका ११ मन्त्रीको पद बहालीमा जे देखियो {फोटो फिचर}


२ चैत्र २०७४, शुक्रबार
KP oli sarkar new ministry

काठमाडौं २ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले एमाले र माओवादीबाट ११ जना नियुक्त गरेका हुन् । यससँगै ओली सरकार २२ सदस्यीय भएको छ ।

KP oli sarkar new ministry

शुक्रबार एमालेबाट ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट ६ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाइन् ।

पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणी खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी गोकुल बास्कोटालाई सूचना तथा सञ्चारराज्यमन्त्री,पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनहादुर बुढालाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री,रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले पहिलो पटक नेकपा (एमाले)का तर्फबाट लालबाबु पण्डितलाई विज्ञान तथा प्रविधि र थममाया थापालाई महिला बालबालिका मन्त्रीमा नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा सहभागी थिए । मन्त्रीहरुले आजै पदबहाली गरेका छन् । मन्त्रीहरुले आजै पदबहाली गरेका छन् ।
फोटो फिचर :-

Pardip Gywali
नवनियुक्त परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली
Barshaman Pun
नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन

 

Gokul Baskota 1
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा
Rabindra adhikari 2
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी
Giriraj mani Pokhera
नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल

 

Sher Bahadur Tamang
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ
Gajat sunar
नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार
Padma Aryal.
पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री,

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७