ओली सरकारमा आएपछि मुख्य सचिव रेग्मीलाई ‘औडाहा’


६ चैत्र २०७४, मंगलवार
47399300

काठमाडौं, ६ चैत : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर आएपछि देशबासीमा विकास र समृद्धिको आश जागेको छ । तर, ओलीलाई सरकार प्रमुखमा पाउँदा धेरै खुशी भइरहेका छन् । तर, ओलीले नै निगरानी गर्ने मन्त्रालयका एक मुख्य सचिवलाई भने ओली आगमन औडाह भएको छ ।47399300

विवादास्पद छविका मुख्य सचिव लोकदर्शन रेग्मीलाई अहिले ओलीको सरकार आगमनले छटपटी बनाएको छ । यसैले त उनी अहिले आफ्नो कुर्सी जोगाउन शक्ति केन्द्र धाउन थालेका छन् । आईजी प्रकरणमा कानुनको धज्जी उठाउँदै तत्कालीन प्रधानमन्त्री शेरबाहादुर देउवालाई खुशी बनाएकै भरमा मुख्य सचिव बन्न सफल भएका रेग्मीलाई बाम गठबन्धनको सरकार बनेसँगै कुर्सी हल्लिएको छ । स्रोतका अनुसार एमाले नेता बिष्णु पौडेल, बामदेम गौतम, माओवादी केन्द्रका नेता बर्षामान पुनको शरणमा यतिखेर मुख्य सचिव रेग्मी पुगेका छन् ।

अहिले सबै काम प्रधानमन्त्री कार्यालयका सचिव राई र थपलियामार्फत हुँदै आएको छ । सरकारका सबै काम कार्वाहीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजुलाई पुर्‍याएपछि ओलीले मुख्य सचिव रेग्मीको गोप्य रूपमा अधिकार खोसेका हुन् । विवादास्पद ठेकदार दिपक भट्टमार्फत् मुख्यसचिव रेग्मीले बामदेवसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलाई दिन अनुयविनय गरेका थिए ।

प्रधानमन्त्री ओलीले सचिवालयका सचिव प्रेमकुमार राई र दिनेश थपलियालाई सम्पूर्ण अधिकार दिएपछि मुख्य सचिव रेग्मीको होशहवास उडेको हो । दुई सातादेखि अधिकारबिहीन बनेका रेग्मी अहिले राजदूत बनेर जाने इच्छा व्यक्त गर्न थालेको स्रोत बताउँछ । राजदूत बनाएर पठाएर आफू जाने इच्छा भएको उनले प्रधानमन्त्री ओलीलाई खबर पठाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७