प्रधानमन्त्रीसँग एडीबी उपाध्यक्षको भेटवार्ता : नेपालमा थप लगानी गर्न बैंकले रणनीति तय गर्ने


१४ बैशाख २०८१, शुक्रबार
adb pm meeting

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्वपूर्ण लगानी रहेको बताए । उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरू प्रस्ताव गर्ने जानकारी दिए ।

‘सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।’ भेटमा एडीबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडीबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्नेगरी बैंकले रणनीति तय गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७