धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती

धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती
धनकुटा, १५ मंसिर :  निर्वाचन आउने बित्तिकै धरान–धनकुटा सडक निर्माणको चर्चा हुने गरेको छ । धरान–धनकुटा सडक अर्थात् मदनभण्डारी राजमार्ग तत्कालिन प्रधानमन्त्री स्वा. सूर्यबहादुर थापाले बनाएको दाबी सहित मत मागिदै आएको छ । तर, ५२ किलोमिटर लामो यो सडक गोर्खा सैनिकहरुको योगदान र बलिदानको कारण बेलायत सरकारले निर्माण गरीदिएको हो । नेपालको पूर्वी पहाडी खण्डको मध्य भागमा पर्ने धनकुटा जिल्लाको दक्षिण र पश्चिमचर्फ चुरे पहाडको भीर र तमोर नदीले निर्माण गरेका...

लाहुरे बन्ने धुनमा पढाइ डामाडोल

लाहुरे बन्ने धुनमा पढाइ डामाडोल
धरान : ताप्लेजुङको सोबुवा हाम्पाङमा जन्मिएका राजीव सुब्बा एक दशकअघि धरानमा स्नातक पढ्दै थिए। पढाइ अब्बल थियो। सँगैका केही साथीभाइ भने ब्रिटिस आर्मीमा भर्ती लागेर जाँदै थिए। उनलाई पनि 'ट्राई' गर्न मन लाग्यो। त्यसपछि बिहान–बेलुकी दौडनु, कसरत गर्नु उनको दिनचर्या बन्यो। पूर्वी क्षेत्रको गल्ला, इ–यारो छनोट पार गर्दै उनी पहिलो प्रयासमा नै 'सेन्ट्रल सेलेक्सनु का लागि पोखरा पुगे। यो सन् २००३ को कुरा हो। पोखरा पुगेपछि ब्रिटिस आर्मीमा भर्ती भएर जाने...

बेलायती विश्वविद्यालयमा पहुँच बढाउँदै गोर्खा सैनिकका सन्तान

बेलायती विश्वविद्यालयमा पहुँच बढाउँदै गोर्खा सैनिकका सन्तान
काठमाडौं : बेलायती सरकारले सन् २००४ मा अवकाशप्राप्त गोर्खा सैनिकका परिवारलाई आवासीय भिसा दिने घोषणा गरेयता नेपालीहरूको बसाइँसराइले तीव्रता पायो । भूतपूर्व गोर्खा सैनिक तथा मानवशास्त्री डा. चन्द्र लक्सम्बाका अनुसार, त्यो सुविधाले लाहुरेहरुका सन्तानको बेलायती उच्च शिक्षामा पहुँच बढायो । त्यसले अरु नेपालीलाई पनि यसतर्फ आकर्षित गर्‍यो । ‘नेपालमै स्कुल तह पढेको पहिलो पुस्ता उच्च शिक्षामा केही कमजोर देखिए पनि काम गरेर कमाइरहेका छन्,’ लक्सम्बा भन्छन्, ‘दोस्रो पुस्ताका ९० प्रतिशत नानीहरुको...

भूपू गोरखा सैनिकको आन्दोलनमा वाम घोषणपत्रको ऐक्यबद्धता (भिडियोसहित)

भूपू गोरखा सैनिकको आन्दोलनमा वाम घोषणपत्रको ऐक्यबद्धता (भिडियोसहित)
काठमाडौं : भूतपूर्व गोरखा सैनिकहरुले गर्दे आएको समानता र न्यायको आन्दोलन प्रति वाम घोषणा पत्रले पनि ऐक्यबद्धता जनाएको छ । नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणा पत्रमा भूपू सैनिकहरुको आन्दोलन प्रति समर्थन गरेको हो । मङ्गलवार सार्वजनिक भएको घोषणा पत्रको २३ नं.मा समावेशी विकास अन्तर्गत अन्तिम बुद्धामा भनिएको छ, ‘भूपू सैनिमहरुको हक, हित र सरोकारको विषयमा समुचित ध्यान दिइनेछ । उनीहरूको क्षमता र अनुभवलार्इ...

ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)

ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)
बेलायत : ब्रिटिस गोर्खा सैनिकको दोस्रो बटालियनका टु जी आरले सुल्तान पार्क सरसफाइ अभियान चलाएका छन् । गोर्खा सैनिक र स्थानीयहरु मिलेर १४ अक्टोबरमा ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकीय स्थल सुल्तान पार्कमा सरसफाइ अभियानको कार्यक्रम गरेका त्यहाँको प्रसिद्ध राष्ट्रिय दैनिक ब्रुनाई बुलेटिनले समाचार प्रकाशित गरेको छ । ब्रुनाईको कुअला बेलायत डिस्ट्रीक अन्तर्गत सेरियामा एक बिलियन ब्यारल तेलको कच्चा पदार्थ निकालिएको अवसरमा स्थापना भएको बिलियन ब्यारेल मनुमेन्ट रहेको प्रसिद्ध पार्क “सुल्तान पार्क”मा सामूहिक...

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’
काठमाडौं :  काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । सम्मेलनको अन्तिम दिन मंगलबार गोरखा सैनिकहरुको मुद्दाको बिषयमा पनि छलफल भएको हो । मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुत राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । सभापति...

गोरखा भर्ती : राज्यको फाइदाको खेती 

गोरखा भर्ती : राज्यको फाइदाको खेती 
म आफैँ लाहुरे नभए पनि म ब्रिटिस लाहुरे परिवारकै सदस्य हुँ । मेरो पिताजी पहिलो विश्वयुद्धपछि सन् १९३० मा भर्ती हुनुभएको थियो । मेरा दुई जना काका पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । पछि एक जना काका जापानको युद्धबन्दीमा पर्नुभयो भने अर्को जर्मनीको युद्धबन्दी हुनुपर्यो । मेरो जेठा दाइ र एक जना भाइ र मामा पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । यस मानेमा म आफू लाहुरे नभए पनि लाहुरेहरूको सुखदुःख,...

अफगान युद्धमा मारिएका गोर्खा सैनिकका परिवारमाझ ह्यारी

अफगान युद्धमा मारिएका गोर्खा सैनिकका परिवारमाझ ह्यारी
पोखरा :बेलायती राजकुमार ह्यारीसँगको प्रत्यक्ष भलाकुसारीबाट अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका परिवारजन हर्षित भएका छन्। लामाचौरस्थित ‘गोर्खा ब्रिटिस क्याम्प’ पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ह्यारीले गोर्खा सैनिकका परिवाजनसँग भलाकुसारी गरे। अफगानिस्तानको युद्धमा आफ्नो छोरा गुमाएकी उदयपुरकी रेनुका राईले राजकुमार ह्यारीसँग प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित बनेको बताइन्। अफगानिस्तानको युद्धमा आफ्नो छोरा रेमन्द खुलुन्द राईको ज्यान गुमाएको बताउँदै उनले ह्यारीसँगको भेटमा आफूले सो कुरा अवगत गराएकी...

पूर्व मिस लिम्बु पनि गोर्खा सैनिकको आन्दोलनमा

पूर्व मिस लिम्बु पनि गोर्खा सैनिकको आन्दोलनमा
काठमाडौं:पूर्व मिस नेपाल सुविन लिम्बु पनि गोर्खा सैनिकहरुले चलाइरहेको आन्दोलनमा होमीएकी छिन् । पूर्व गोर्खा सैनिककी छोरी लिम्बु गोर्खा सैनिकहरुलाई बेलायतले र्गार्खालाई विभेद गरेको भन्दै आन्दोलनमा लागेकी हुन् । आइतबार काठमाडौंमा गोर्खा सत्याग्रह संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा मिस नेपाल लिम्बूले आफूपनि बेलायत सरकारबाट बिभेदमा परेको बताइन् । ब्रिटिस भूपू सैनिकको छोरी भएकोले बेलायतको लागि प्रक्रिया अघि बढाउँदा बेलायती राजदुताबासले बिनाकारण भिसा नदिने गरेको गुनासो गरे । प्रक्रिया सुरु गर्दा नेपालको १...

परराष्ट्रमन्त्रीलाई गेसोले बुझायो १४ बूँदे ज्ञापनपत्र

परराष्ट्रमन्त्रीलाई गेसोले बुझायो १४ बूँदे ज्ञापनपत्र
काठमाडौं, २८ फागुन : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई १४ बूँदे ज्ञापनपत्र बुझाएको छ । गोरखा सैनिकहरुमाथिको विभेद र शोषण अन्त्यको लागि बेलायतसँग कुटनीतिक पहल गरीदिन माग सहित गेसोले ज्ञापनपत्र बुझाएको हो । शनिबार गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा मन्त्री डा.महतको निवाश नै पुगेर ज्ञापनत्र पत्र बुझाएको हो । सभापति राईले ज्ञापनपत्र बुझाउदैं बेलायतले अझै पनि गोरखा सैनिकहरुमाथि विभेद जारी राखेको जानकारी दिदैं कुटनीतिक तहमा वार्ता गरे समधानको...