भारतको ‘स्की एण्ड स्नोबोर्डिङ च्याम्पियनसीप’मा गोरखा सैनिक गुरूङले जिते स्वर्ण पदक
हिमाञ्चल (भारत), २२ माघ । भारतीय गोरखा सैनिक देवेन्द्र गुरूङले मनालीमा भएको सिनियर नेशनल अल्पाइन स्की एण्ड स्नोबोर्डिङ च्याम्पियनसीप प्रतियोगितामा स्वर्ण र रजत पदक जितेका छन् ।
उनले प्रतियोगितमा ६० जना प्रतिष्पर्धी रहेको सिनियर म्यानतर्फ फरक–फरक दिनमा भएको प्रतिष्पर्धामा दुई पदक जितेका हुन् ।
गुरूङले स्वर्णपदक जितेबापत २५ हजार र रजतपदक बापत १५ हजार भारतीय रूपैयाँ प्राप्त गर्नेछन् ।
गोरखा सैनिक देवेन्द्र गुरूङ गोर्खाको बारपाक–सुलिकोट–८, जराङका हुन् ।