प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ
सुनसरी, ८ असार । सुनसरीस्थित झोक्राहा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पूर्जी आएको छ यहिं मिलाई दिन्छु भन्दै सात हजार रुपैंयाँ घुस लिएको सूचनाका आधामार इटहरीबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाललाई घुससहित हिजो (शनिबार) पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।