प्रहरीका एसएसपी सरुवा : ढकाल र राईले यसरी मारे बाजी


१७ भाद्र २०७६, मंगलवार
dhakal and rai2019 09 03 10 09 40

काठमाडौं, १७ भदौं । नेपाल प्रहरीका ३५ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । २०७६ भदौ १३ मा भएको सरुवामा ललितपुर परिसरमा टेकप्रसाद राई र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा भीम ढकाल छन् ।

त्यसैगरी ३३ किलो सुन प्रकरणमा अदालतबाट सफाइ पाएका एसएसपी दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, हरिराज वाग्ले २ नम्बर प्रदेश तालिम केन्द्र, डा. गणेश रेग्मी ५ नम्बर प्रदेश तालिम केन्द्र, सन्दीप भण्डारी ३ नम्बर प्रदेश तालिम केन्द्र, पुरुषोत्तम कँडेल १ नम्बर प्रदेश तालिम केन्द्र, मसाउद आलम खाँ कर्णाली प्रदेश तालिम केन्द्र, वसन्तबहादुर कुँवर नवलपरासीको जर्गाहा युक्ति तालिम महाविद्यालय, टेकबहादुर तामाङलाई प्रहरी कल्याण महाशाखा छन् । तालिम केन्द्रको कमाण्ड पाउने एसएसपीलाई पनि भाग्यमानी मानिन्छ ।

काठमाडौं परिसरमा काजसरुवा भएका उत्तमराज सुवेदीको दरबन्दी कायम भएको छ । अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाको पनि त्यहीँ दरबन्दी कायम भएको छ । ललितपुरका रविन्द्रबहादुर धानुकको प्रहरी प्रधान कार्यालय कार्य्विभागमा सरुवा भएको छ ।

ललितपुर परिसरमा तीन जनाले ताके पनि अन्ततः राईले बाजी मारेका छन् । ट्राफिक महाशाखामा सरुवा भएका एसएसपी भीम ढकाल पाल्पाको प्रमुख हुँदा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई बडेमानको करुवा उपहार दिएर चर्चामा आएका थिए ।

उनले त्यतिबेला शासनसत्तामा हालीमुहाली भएका कोइराला परिवारको चाकरी गरी राम्रो ठाउँ र प्रमोसन पाउनका लागि बडेमानको करुवा उपहार दिएको चर्चा प्रहरीमा चल्ने गरेको छ । पाल्पामै हुँदा चुनावमा खटिएका प्रहरीको टीएडीए नदिई आफैंले भोजन गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।

प्रहरीमा ढकाल सधैं आकर्षक पोष्टिङ पाउनेमा अधिकृतमा पर्दछन् । त्रिभुवन विमानस्थलको प्रमुखमा पठाइएका सन्दीप भण्डारी पछि डीआइजी सूर्यप्रसाद उपाध्यायलाई इन्चार्ज पठाएपछि बाहिरिन खोजेको खबर साँघु साप्ताहिकले छापेको छ । ट्राफिक वा ललितपुर ताकेका उनलाई तालिम केन्द्रको इन्चार्ज दिएर सम्मान नै गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७