बराबरीमा टुङ्गियो म्यानचेष्टर युनाइटेड र आर्सनलको खेल


१४ आश्विन २०७६, मंगलवार
sport

काठमाडौं, १४ असोज । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले आर्सनलसँग बराबरी खेलेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले लण्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युनाइटेडले ४५ औ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता लिएको थियो ।

पियरी एम्रिक अबुमियाङले ५८ औ मिनेटमा गोल गर्दै युनाईटेडसंग अंक खोस्न सफल रहे । सन् १९९८ पछि प्रिमियर लिगको शुरुवाती सात खेलमा सात भन्दा बढी गोल गर्ने अबुमियाङ आर्सनलको पहिलो खेलाडी बनेका छन् ।

गोलकिपर बर्नड लेनोले आर्सनलका लागि केही राम्रो बचाउ गरे । उनले मागुरी र मार्कोस रासफोर्डको उत्कृष्ट फ्रिकिकलाई बचाएका थिए । खेलसँगै युनाइटेड ९ अंकसहित तालिकाको दसौ स्थानमा छ भने आर्सनल १२ अंकसहित तालिकाको चौथो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७