दसैँमा आइएमईको डबल अफरको विजेता सोमर तामाङ र विशाल नगरकोटी
काठमाडौं, ३० असोज । दसैँमा आइएमईको डबलको डबल अफरअन्तर्गत पहिलो महिनाको विजेता सेवाग्राही सोमर तामाङ र विशाल नगरकोटी घोषित भएका छन् ।
आइएमईको सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् सेवाग्राही तामाङ र नगरकोटी विजेता घोषित भएका हुन् । सेवाग्राहीले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमईमार्फत् नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।
आइएमईको दसैँ अफरअन्तर्गत सेवाग्राही दुवैले आफूले पठाएको रकमको चारगुणा बढी रकम प्राप्त गरेका छन् ।
त्यस्तै, आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजालमार्फत् अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् ।
विजेता सबैले आफुले पठाएको रकमको दुईगुणा बढी रकम प्राप्त गरेका छन्।