दिउँसो युवाबीच भनाभन, राति हत्या गरेर फरार


१ कार्तिक २०७६, शुक्रबार
hatya

सिन्धुपाल्चोक, १ कार्तिक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन् ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७