कालीमाटी-टंकेश्वर खण्ड चाँडो कालोपत्र हुन्छ : जीवनराम श्रेष्ठ


१२ पुष २०७४, बुधबार
jiban ram

jiban ramकाठमाडौं : नेकपा (एमाले) का नेता जीवनराम श्रेष्ठले कालीमाटी–टंकेश्वर सडकखण्डलाई चाँडो कालोपत्र गरिने बताएका छन ।

उक्त स्थानमा स्थानीयवासी सडक विभागका इञ्जिनियरसँग मंगलबार स्थलगत भ्रमण गरेपछि त्यस क्षेत्रमा भएका खाल्डाखुल्डीले आवतजावतमा समस्या भएको बताउँदै कालोपत्रका लागि लागत अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिएका छन ।jiban ram shrestha

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार मा जोड दिनुपर्ने बताएका छन ।

मुलुकमा रोजगार वृद्धि गर्न उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने र स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न आर्थिक परियोजनाको खाँचो औल्याएका छन ।

सांसद श्रेष्ठले अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको विचार व्यक्त गरे । मुलुकमा निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनमा सहयोग पुगेको बताउँदै श्रेष्ठले वाम गठबन्धनको सरकार गठन भएपछि संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरेका छन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७