विद्यार्थीले घन्काए ‘बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ को नारा


२७ कार्तिक २०७६, बुधबार
Kalapani lipulek nepal real map

भक्तपुर, २७ कार्तिक । राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्लेकार्ड बोकेर सडकमा ओर्लिएका छन् ।

विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्र–सूर्य अङ्कित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर आज भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

भक्तपुरको ब्यासीस्थित प्रभात सेकेण्डरी स्कुलका विद्यार्थीले प्लेकार्ड, झण्डा र नेपालको नक्सा मात्र नभएर भारतले एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उनीहरुले चर्को नारा लगाएका थिए । भक्तपुरको ब्यासीबाट निस्किएको र्‍यालीले भक्तपुर नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।

त्यसैगरी ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर भक्तपुरको सूर्यमढीदेखि दूधपाटीसम्म सीमा अतिक्रमणविरुद्धको र्‍याली प्रदर्शन गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने, ‘विद्यार्थीलाई देशको सीमानाबारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सीमानाबारेमा अध्यापन गराउनु पर्छ, यो विषयबारे जानकारी दिन यो र्‍याली आयोजना गरेका हौं ।’ उनले र्‍यालीमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७