तेक्वान्दोकी सिना मादेन लिम्बूले जितिन् स्वर्ण


१६ मंसिर २०७६, सोमबार
sina maden limbu

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते ।

त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भए । उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका थिए ।

sina maden limbu1

यस्तै पुरुष २३ देखि २९ वर्षको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जिते । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए ।
श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जिते । उनले ८.०६० अंक प्राप्त गरे ।

त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर समूहमा रजत जिते । उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८।०९० अंक सहित तेस्रो भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७