अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित


१२ माघ २०७६, आईतवार
aagni sapkota

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबारको संसद बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

जुन प्रस्तावमा नेकपाकै देव गुरुङ, ओनसरी घर्तीमगर र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । सापकोटा सभामुखमा निर्वाचित भएसँगै प्रतिनिधिसभाले डेढ महिनापछि सभामुख पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७