देव नारायणको रिहाईमा किन ढिलाई ?


१८ आश्विन २०७४, बुधबार
Dev Naryan
सप्तरी : लामो दसैँ विदाका कारण सप्तरीको तिलाठीस्थित देव नारायण यादवको रिहाइ कार्य ढिलाई भइरहेको छ । प्रशासनले भदौ १६ गतेसम्म बिदा भन्दै सक्रियता नदेखाएपछि उनको रिहाइ कार्य ढिलाई भएको हो ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
Dev Narayan Yadav

यादवको रिहाइको लागि पहल गर्न सोमबारै गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई निर्देशन दिएको थिए । तर, प्रमुख जिल्ला अधिकारी पाण्डेसहितको टोली मंगलबारमात्रै छलफलमा जुटेका छन् ।

सप्तरी प्रशासनले मंगलबार बिहान देव नारायणको घरमा छलफल गरेका छन् । प्रजिअ पाण्डेको टोली अहिले कुनौली थानाका सबइन्सपेक्टर बिनोद कुमारसँग छलफल गरिरहेको बताइएको छ ।

शनिबार साँझ छोरा अजय र आइतबार बिहान बुवा देव नारायण यादवलाई भारतको कुनौली थानाका पुलिसले पक्राउ गरी सुपौल जिल्लाको बिरपुर कारागारमा राखेको छ ।

भारतीय प्रहरीले दुबै जनामाथि भारत कुनौलीका युवती ज्योती कुमारी साहको अपहरण आरोप लगाउँदै मुद्दा दर्ता गर्ने तयारी गरेको छ । यता न्याृतीले भने आफू अपहरणमा नपरेको र अजयसँग विवाह गरेको बताृउँदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७