उपनिर्वाचन : इलाममा राजावादी उम्मेदवारको ‘हरिबिजोक’


१७ बैशाख २०८१, सोमबार

इलाम । नेपालमा पछिल्लो समय गणतन्त्रका विपक्षमा राजावादीहरूको स्वर चर्को मात्र सुनिंदै आएको छ । गणतन्त्र नेपालका लागि अफापसिद्ध भइसकेको भन्दै पछिल्लो समय राजावादीहरुको सक्रियता समेत बढेको छ । जसको मुख्य अगुवाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ ।

उनीहरूको चर्को भाषण र देशभरका गतिविधिले साँच्चै गणतन्त्रवादीको दिन सकिन लागेको त होइन भन्ने आंशका सर्वसाधरण नागरिकमा परिरहेको छ । तर इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको परिणामले राजावादी पार्टी राप्रपाको हैसियत छर्लङग्याई दिएको छ ।

Laxmi Gurung 1711610412

गत शनिबार भएको मतदानको मत गणना जारी छ । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८८९८ मतसहित अगाडि छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले ६२८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २६१८ मतको फरक छ । त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् । अहिलेसम्म इलाम–२ मा राजावादी पार्टी राप्रपाले ४६ मत मात्र ल्याएको छ । इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार छन् ।
हेर्नुस् अन्यले कति ल्याए ?

Ilam2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७