लकडाउन २० औं दिन {भिडियाे}
काठमाडौं, ३० चैत । लक डाउन घोषणा भएको २० औं दिन पनि जारी रहेको छ । चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो ।
लक डाउनका कारण राजधानी लगाएत मुलुकभरको सडक सुनसान छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । आइतबार पनि विगत दिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् ।
प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रोपटक लक डाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ ।
कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् । बैशाख ३ गतेपछि पनि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ ।
हिजो सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्धी केपी शर्मा ओलीले लक डाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताएको थियो ।
यस्तै पर्साको वीरगञ्जमा बिहिबार तीन भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको देखिएको स्वास्थ्य मन्त्रालय बताएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।