२०७७ जेठ ४ गते आइतबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ साथै प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजबाट मान सम्मान मिल्ने छ । पारिवारिक सुख पनि मिल्ने छ । सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुची बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक कार्यमा सरिक हुने अवसर मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्ने छ । पारिवारिक जमघट पनि हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकूल भई कुलतमा मन जानसक्छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल