एमाले दर्ता गर्न झापाकी सन्ध्या तिवारी निर्वाचन आयोगमा, प्रचण्डले साेधे, ‘को हुन् उनी ?’


१६ असार २०७७, मंगलवार


काठमाडौं, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज (मंगलबार) को वैठक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयले एकाएक गर्मायो ।

निकै नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्ष नेताहरुबीचको भनाभनपूर्ण वैठकमा अर्को एउटा नयाँ विषय घुसेपछि नेकपाको वैठकले धेरैलाई आश्चार्यमा पारेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयले नेकपा वैठकमा खैलाबैला नै मच्चायो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा छलफल भएको जानकारी दिएका छन् ।

Nekapa 5

बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्‍यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए ।

ठोस नभए पनि झापाकी सन्ध्या तिवारीको नाममा नेकपा एमाले दर्ताका लागि आयोगमा निवेदन परेको विषयले नेकपा स्थायी कमिटीमा छलफल भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको पुष्टि गरे । ‘नेकपा एमाले दल दर्ताको लागि भनेर निवेदन आएको छ, हामी जाँचबुझ गर्दैछौं,’ उनले थपे, ‘पार्टीको अध्यक्षको नाम सञ्जय अधिकारी लेखिएको छ ।’

आजको बैठकमा यस बाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मूल एजेण्डामा प्रवेश नगरिएको बताए । आजको बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७