नबिल बैंकले मुद्दति निक्षेपमा साढे नौं प्रतिशतसम्म ब्याज दिने, ऋण भने ७.४९ प्रतिशतमै


१ आश्विन २०७७, बिहीबार
nabil bank

काठमाडौं, १ असाेज । नबिल बैंकले मुद्दति निक्षेपको ब्याज दर बढाएको छ। बैंकले एक बर्षभन्दा माथि अवधि भएको निक्षेपको ब्याज दर बढाएको हो।

बैंकले १३ देखि २४ महिनासम्म निक्षेप गर्नेलई बार्षिक नौं प्रतिशत ब्याज दिने भएको छ। समाजप्रति उत्तरदायि हुँदै ब्याज बढाएको नबिलले जनाएको छ।

बैंकले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९५ ब्याजदर प्रदान गरिने जनाएको छ ।

यस योजनाअन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९५ ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५५ ब्याजदर प्रदान गर्दैछ । २वर्षभन्दा माथि र ५ वर्षसम्मकाे व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५५ ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०५ ब्याजदर प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने पनि बैंकले जनाएको छ । नबिलले मुद्दति खाताको ब्याज बढाइरहँदा कर्जाको भने घटाएको छ। बैंकले साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जा सस्तोमै दिने स्किम ल्याएको छ।

‘नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दति खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा त्यसको लागत घटाउने हुनाले नयाँ योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने छ,’ बैंकले विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७