कोरोनाबाट बुटवलमा थप एक जनाको मृत्यु


१५ आश्विन २०७७, बिहीबार
butwal hospital

बुटवल, १५ असोज । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका-८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गए राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७