लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित


३ कार्तिक २०७७, सोमबार
Loksewa Aayog 1

काठमाडौं, ३ कार्तिक । लोकसेवा आयोगले कात्तिक १६ गतेदेखि लिने गरी तयारी गरिरहेको सबै लिखित परीक्षा भएको छ ।

आयोगले आज (सोमबार) एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी गराएको छ ।

loksews aayog

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकाले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले कोरोना संक्रमितलाई समेत परीक्षामा सहभागी गराउने वातावरण मिलाउन लोकसेवा आयोगलाई आदेश दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७