एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोर अग्रवाल र सिइओमा लक्ष्मण चालिसे नियुक्त


४ कार्तिक २०७७, मंगलवार
Nic asia bank

काठमाडौं, ४ कार्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थाको सञ्चालकमा विभोर कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसेलाई नियुक्त गरेको छ ।

कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको ८४ औं बैठकले विभोर कुमार अग्रवाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनलाई मंगलबार कम्पनीका अध्यक्ष कपिल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरे ।

यस्तै लक्ष्मण चालिसेलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत छन । १६ अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे दुई वर्ष अघि बैंकको बरिष्ठ अधिकृतको रुपमा काम गर्दे हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य गरिरहेका थिए । चालिसेले व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसा सहित हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुलनाराका साथउत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७