यी नायिकाको कसरी भयो डिभोर्स ?


२६ माघ २०७४, शुक्रबार
Tejula Khatiwada 3

काठमाडौं, २६ माघ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशील नायिकाहरुका डिभोर्सका घटनाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने जगतमा पनि यस्ता थुप्रै घटनाहरु छन् ।

Tejula Khatiwada 3

नायिका रेखा थापा र निर्देशक तथा निर्माता छविराज ओझाको सम्बन्ध बिच्छेदको खबरले पनि एकताका निक्कै चर्चा पाएको थियो भने भर्खर मात्र हास्यकलाकार मनोज गजुरेल दम्पतीको डिभोर्सको चर्चा सेलाएको छैन । यस्तै आजमात्रै नायिका तेजुला खतिवडाको डिभोर्स भएको छ ।
०७३ फागुन सात गते सुमनराज बस्नेतसँग विवाह बन्धनमा बाँधिएकी तेजुलाको जिल्ला अदालत काठमाडौंबाट आज शुक्रबार आधिकारीक रुपमा डिभोर्स भएको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीस अमृतबहादुर बस्नेतले उनीहरुको डिभोर्सको निर्णय सुनाएका थिए ।

tejula 1
नायिका तेजुला खतिवडा

चलचित्रमात्र नभएर मोडलिङमा समेत आफ्नो पहिचान बनाएकी तेजुलाको के कारणले डिभोर्स भयो भन्नेमा भने उनले बताउन चाहिनन् । जापान बस्दै आएका पेशाले कानुन व्यवसायी सुमनराजसँग तेजुलाले एक वर्षअघि लगनगाँठो कसेकी थिइन् । उनीहरुको एकवर्ष नबिदै सम्बन्ध विछेद भएको छ ।
नायिका खतिवडाले द मोष्ट वान्टेड, जष्ट फर यु लगायतका आधा दर्जन चलचित्र र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
नेपाली कलाकारको डिभोर्समा तेजुलाको नयाँ भने होइन । यसअघि रिमा र रोर्बट, रेखा थापा र छविराज ओझा, सञ्चिता लुइटेल र आकाश शाह, सुस्मिता केसी बमजन र भुवन केसी, प्रियंका कार्की र रोचक मैनाली, मनिषा कोइराला र सम्राट दहाल, प्रसन्न पौडेल र सिम्पल खनाल, मौसमी मल्ल र धन बिक्रम मल्ल, गौरी मल्ल, अन्जु पन्त र मनोज राजलगायतका वैवाहिक सम्बन्ध सफल हुन नसकेर सम्बन्ध विछेद भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७