किशोरीहरुलाई फेसबुकबाट अश्लील सन्देश पठाउने युवा पक्राउ


२७ कार्तिक २०७७, बिहीबार

काठमाडौं, २७ कार्तिक । अर्काको नाममा फेसबुक आइडी बनाएर किशोरीहरुलाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल नेपाली छन् । साइबर व्यूरोको टोलीले उनलाई काठमाडौंबाट पक्रेको हो ।

बालिकाहरुलाई यौनजन्य अश्लील म्यासेज र फोटो पठाएर हैरानी दिने नेपालीमाथि विद्युतीय कारोबार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७