भागरथीकाे हत्या आरोपी दिनेश भट्ट प्रहारीद्वारा सार्वजनिक

प्रहरीले भन्यो, ‘उनले अपराध स्वीकारी सके’


५ फाल्गुन २०७७, बुधबार
bhagrathi hatyara

बैतडी, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

bhagarathi dinesh

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने । १६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त ? भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १६ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।
बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७