कोरोना महामारी नियन्त्रण बाहिर गएपछि मोदीले बोलाए मन्त्रिपरिषद् बैठक


१७ बैशाख २०७८, शुक्रबार
modi 1

नयाँदिल्ली, १७ बैसाख । भारतमा कोरोना महामारी नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकट समीक्षाका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता मन्त्रिपरिषद्को बैठक पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत बस्न लागेको हो । बैठकमा कोराना महामारीका नियन्त्रणका सम्बन्धमा गहन छलफल हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री मोदीले भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेसँग भेटवार्ता गरेका थिए । भेटवार्ता पछि सेनाको स्वास्थ्यकर्मीहरूलाई विभिन्न राज्यहरूमा परिचालन गर्नुका साथै सैनिक अस्पतालमा पनि कोरोना संक्रमितको उपचार लागि प्रयोगमा ल्याइएको छ ।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । भारतमा कोरोनाका कारण एकैदिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ लाख ८६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बिहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४ सय ५२ बढी संक्रमित थपिएका हुन् । पछिल्ला केहि दिनयता भारतमा हरेक दिन साढे ३ लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक ३ हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७