पश्चिम बंगालको विधानसभा निर्वाचन : मोदीको बीजेपी पराजित, बेनर्जी तेस्रोपल्ट मुख्यमन्त्री बन्दै


२० बैशाख २०७८, सोमबार
India west bangal

काठमाडौं, २० बैसाख । कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ ।

पश्चिम बंगालसहित पाँच वटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी टीएमसीले फेरि ऐतिहासिक जित हात पारेको छ । पश्चिम बंगालमा मुख्यमन्त्री बेनर्जी आफू पराजित भएपनि उनको दल टीएमसीले २ सय १४ सीट जितेको छ भने बीजेपी ७६ सीटमा खुम्चिएको छ ।

सन् २०१६ को निर्वाचनमा भने यस राज्यमा बीजेपीले तीन सीटमात्र जितेको थियो । प्रधानमन्त्री मोदीले कोरोना महामारीको बेवास्ता गर्दै पश्चिम बंगालको नतिजा आफ्नो पक्षमा पार्न विभिन्न चुनावी र्‍यालीहरुलाई सम्बोधन गरेका थिए । जसको चर्को आलोचना भएको थियो । मत परिणामसँगै बेनर्जी पश्चिम बंगालको तेस्रो पटक मुख्यमन्त्री बन्दै छन् ।

तमिलनाडुमा मुख्य क्षेत्रीय विपक्षी पार्टी डिएमके सत्तामा आएको छ । केरलामा बाम गठबन्धनले बहुमत हासिल गरेको छ । बीजेपी गठबन्धनले भने यहां कुनै सीट जितेन बीजेपीले असाममा भने जित हासिल गरेको छ ।

असममा बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याएको छ भने पोडचरीमा पनि यही गठबन्धनको अग्रता छ । यो चुनावलाई सन् २०१९ पछि लगातार दोस्रो पटक केन्द्रको सत्ता सम्हालेको बीजेपीको मध्यावधी समीक्षाका रुपमा समेत हेरिएको थियो । निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले भने नराम्रो हार व्यहोरेको छ । भारतमा पछिल्लो १० दिनयता कोरोना संक्रमितको संख्या ३ लाखमाथि छ भने दैनिक मृतकको संख्या ३ हजार नाघेको छ । अस्पतालहरुले बेड र मेडिकल अक्सिजनको अभाव सामाना गरिरहेको छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७