धरानमा दुई कोरोना संक्रमितको निधन


१ जेष्ठ २०७८, शनिबार
korona death

सुनसरी, १ जेठ । कोरोना संक्रमणबाट आज (शनिबार) सुनसरीको धरानमा थप दुई जनाको निधन भएको छ । धरानको वडा नं ११ र वडा नं १५ का कोरोना संक्रमितको निधन भएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका वडा नं ११ का ४० वर्षीय पुरुषको आज बिहान करिब ३ बजे निधन भएको थियो । उनको धरान १० स्थित विजयपुर हस्पिटलमा उपचारको क्रममा निधन भएको मेहताले जानकारी दिए ।

यस्तै, वडा नं १५ की ८५ वर्षीय वृद्धाको पनि आज बिहान करिब साढे ३ बजे मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वृद्धाको मृत्यु भएको मेहताले बताए । कोभिड १९ को दोस्रो महामारी सुरु भएपछि वैशाख महिना यता धरानमा मात्रै मृत्यु हुने संक्रमितको संख्या १७ पुगेको पनि मेहताले जानकारी दिए । यस्तै, संक्रमित हुनेको कुल संख्या ९०२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७