चन्द्रागिरिमा ६० शैयाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन


३ जेष्ठ २०७८, सोमबार
isolesion

काठमाडौं, ३ जेठ । काठमाडौंको चन्द्रागिरिमा ६० शैयाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानु दिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० शैया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० शैंयाको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेका छौं’, उनले भने । दुवै आइसोलेशन केन्द्रमा चौबीसै घण्टा सेवा प्रदान गरिने नगर प्रमुख गिरीको भनाइ छ ।

यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगर प्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ शैंयाको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ । यहाँ हाल ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७