लुम्बिनीका प्रदेश प्रमुख शेरचन गम्भीर बिरामी, मेडिसिटीको आईसीयूमा उपचार हुँदै


१५ बैशाख २०८१, शनिबार
Amik sherchan

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन गम्भीर बिरामी भएका छन् । गएको बिहीबार साँझ अचानक बिरामी भएपछि शेरचनलाई उपचारका लागि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिएका छन् ।

दुई दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको जानकारी चिकित्सकले दिएको पोखरेलले बताएका छन् । ८० वर्षीय शेरचनमा न्यूरो सम्बन्धि समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । लुम्बिनीमै रहेको बेला अचानक देव्रे हात नचल्ने भएपछि उनलाई काठमाडौँ ल्याइएको हो ।

पोख्रेलले भने, ‘परीक्षणका क्रममा उहाँको मस्तिस्कको देब्रतिरको नसा ब्लक भएको कुरा चिकित्सकले गरेका छन् । उपचारपछि हात चाहीँ अलिअलि चल्न थालेको छ । तर, औँलाहरु चलेको छैनन् ।’ माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेशमा समेत प्रदेश प्रमुख थिए । तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७