गृहले बढायो प्रचण्डको सुरक्षा


५ श्रावण २०७८, मंगलवार
prachanda surachha MK

काठमाडौं, ५ साउन । गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि सुरक्षा बढाएको छ ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दै गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ ।

कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर सुरक्षा चुनौती थपिएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा सचिवस्तरीय निर्णय गरेर प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वमा १० जना सुरक्षाकर्मी थपिएको हो ।

गृह मन्त्रालयले केही महिनाअघि विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो । उक्त मापदण्डमा पूर्व प्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जना मात्र सुरक्षाकर्मी दिइने उल्लेख छ । ओली नेतृत्वको सरकारले पूर्वाग्रह राखेर सुरक्षाकर्मी घटाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका थिए ।

उनको सुरक्षामा पूर्व जनमुक्ति सेना पनि खट्दै आएको थियो । यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७