‘सबै नागरिकलाई कोरोना खोप दिने प्रधानमन्त्रीको बोली जस्तै काम पनि होस्’


१६ श्रावण २०७८, शनिबार
Prakashman

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकासँग सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।

काठमाडौंको नयाँ बजारमा शनिबार बिहान आयोजित एक कार्यक्रममा उनले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी थाल्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने नेता सिंहको भनाइ थियो । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसकेको भन्दै उनले त्यसैअनुसार काम थाल्न सरकारसँग आग्रह गरे ।

‘कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ,’ नेता सिंहले भने, ‘प्रधानमन्त्री, हाम्रो पार्टीका सभापतिले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौं, काम पनि त्यसै अनुसार हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७