सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

आफू आबद्ध सबै संस्थाबाट राजीनामा


१८ श्रावण २०७८, सोमबार
umesh shrestha KhqLS18e9U

काठमाडौं, १८ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको घोषणा गरेका छन् । सोमबार मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले सरकारी तलब र सुविधा पनि नलिने बताएका छन् ।

सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलब भत्ता नलिने घोषणा गरेका हुन् । कानुनी रुपमा नै मन्त्रालय बाहेक अन्य सबै आफू आबद्ध संस्थाबाट राजीनामा दिएको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७