शव पुर्याउन हिंडेको एम्बुलेन्स दुर्घटना, चालकको गयो ज्यान
रोल्पा, ३० साउन । रोल्पामा आज (शनिबार) बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी एम्बुलेन्सका चालक माडी गाउँपालिका–६ जलपाका ३७ वर्षीय ओमप्रकाश घर्तीमगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट लाप्चुन शव पुर्याएर घर्तीगाउँ जाने क्रममा स्मृति हस्पिटल प्रालिको रा १ ज ७०५ नम्बरको एम्बुलेन्स बिहान साढे ३ बजे माडी गाउँपालिका–२ झ्याङ्जेखोलामा दुर्घटना भएको हो ।
स्मृति हस्पिटल प्रालिका अध्यक्ष दलबहादुर घर्तीले एम्बुलेन्समा रहेका पृथिप्रसाद पुन सामान्य घाइते भएको र उनको उपचार भइरहेको जानकारी दिए ।