नारायणी नदीमा हामफालेर एक पुरुष बेपत्ता, नागरिकता मात्र भेटियो


८ भाद्र २०७८, मंगलवार
NarayaniFlood ob7bjvWcWR

चितवन, ८ भदौं । नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन् । आज (मंगलबार) बिहान करिब ७ बजे पुलबाट नदीमा हामफालेका हुन् ।

पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले हामफाल्ने व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता हुन सक्ने अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउना साथ प्रहरी टोलीले खोजतलास गरिरहेको जानकारी दिए । ‘पुलमाथि एउटा झोलाभित्र नागरिकताको फोटोकपी गुप्ताको थियो’, उनले भने, ‘तर, हामफाल्ने व्यक्ति उनी नै हुन् या होइनन् भन्ने यकिन गर्न चाहिँ मिल्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७