घरमा आगलागी हुँदा दम्पतीको मृत्यु


१५ भाद्र २०७८, मंगलवार
agalagi fireing आगालागी 234545

लमजुङ, १५ भदौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ ।
घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गए राति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले जानकारी दिए ।

बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०-१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्व गोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगा माटोको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७