कक्षा १२ को परीक्षा ३० भदौदेखि होम सेन्टरमै हुने (तालिकासहित)
काठमाडौं, १७ भदौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएको छ । बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । यसअघि ३१ साउनदेखि तोकिएको परीक्षा कोभिड– १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएको थियो ।
परीक्षा तालिका