पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिंदै


१८ भाद्र २०७८, शुक्रबार
pashupati title
फाइल फोटो

काठमाडौं, १८ भदौं । पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ । वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७