९११ मा कोरोना संक्रमण, १,४२३ जना निको, १३ को मृत्यु


२७ भाद्र २०७८, आईतवार
korona

काठमाडौं, २७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७,८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३,१४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १,४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ छ । पछिल्लो २४ घण्टामा १० हजार ४४९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै ४५४ जना आइसीयूमा र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७