अब कहिल्यै पार्टी फुटाउँदिन : कमल थापा


२८ भाद्र २०७८, सोमबार
kamal thapa 5

भक्तपुर, २८ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब पार्टी कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन् ।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए ।

‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौं’, अध्यक्ष थापाले भने, ’कम्युनिष्ट र काँग्रेस भन्दा फरक पहिचान बनाउन लागि परेका छौं ।’ पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गतेदेखि काठमाडौंमा भइरहेको छ ।

पार्टीको र महाधिवेशन नयाँ विधानअनुसार गरिने र ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु म्हाधिवेशनका प्रतिनिधिहरु हुने उनले बताए। साथै, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउने जानकारी पनि उनले गराए । ‘पहिलेको जस्तो जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७