भैंसी चराउन गएका थारुलाई बाघले घिसार्दै जङ्गलतिर लग्यो


२६ आश्विन २०७८, मंगलवार
tiger
सांकेतिक तस्विर

बर्दिया, २६ असोज । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले एक जनालाई बेपत्ता बनाएको छ । सोमबार दिउँसो निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ ढुकुनियामा पाटे बाघले ४० वर्षका जनकबहादुर थारुलाई आक्रमण गरेर बेपत्ता बनाएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार सोमवार दिउँसो गेरुवा नदी किनारमा भैंसी चराउन गएका थारुलाई एक्कासी बाघले आक्रमण गरेर बेपत्ता बनाएको हो ।

थारुलाई बाघले घिसार्दै जंगलतिर लगेपछि उनी फेला परेका छैनन् । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले उनको खोजी गरिरहे पनि फेला पार्न नसकिएको थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७